सोमबारदेखि अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी खुल्यो

सोमबारदेखि अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फीरूपमा सञ्चालनमा आएको छ । धार्केको गणेशखोलाको पुल भासिएपछि अवरुद्ध सडक मंगलबार बिहान १० बजेदेखि एकतर्फी सञ्चालनमा आएको हो ।   

१८ घण्टादेखि राजमार्ग अवरुद्ध हुँदा कतिपय साना सवारीसाधनले वैकल्पिक मार्ग प्रयोग गरिरहेका थिए । 

काठमाडौं आउने सवारी साधनले गल्छी हुँदै नुवाकोटको बाटो र काठमाडौं बाहिर जाने सवारी साधनले त्रिभुवन राजपथ हुँदै हेटौंडाको बाटो प्रयोग गरिररहेका थिए । ठूलासवारी साधन भने जाममा परेका छन् ।  





  • प्रकाशित मिति : बैशाख १९, २०८० मंगलबार १०:४९:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया