नेपाली क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रमुख बलर सन्दीप लामिछाने एसिसी प्रिमियर कपमा सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाललाई एसिया कपमा पुर्याउन सन्दीपको भूमिका अहम् रह्यो ।
उनले प्रतियोगिताभर ५ खेलमा १३ विकेट लिए । ब्याटिङतर्फ सन्दीपले ४२ रन बनाए । यस्तै, यूएईका विकेटपिकर वृत्य अरविन्द प्रतियोगिताको उत्कृष्ट ब्याटर चुनिए ।
उनले प्रतियोगितामा ६ खेलमा २ शतक र १ अर्धशतकसहित कुल ४ सय ५४ रन बनाए । यस्तै, ओमानका तीव्र गतिका बलर बिलाल खान उत्कृष्ट बलर घोषित भए । उनले ६ खेलमा १७ विकेट लिए ।
नेपालले आज फाइनलमा यूएईलाई ७ विकेटले हराउँदै आगामी सेप्टेम्बरमा हुने एसिया कपको यात्रा गरेको छ । पाकिस्तानमा हुने उक्त प्रतियोगिताको समूह ‘ए’ मा नेपालसहित भारत र पाकिस्तान रहेका छन् ।
यस्तै, समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र अफगानिस्तानले प्रतिस्पर्धा गर्नेछन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।