रवि लामिछानेका गाडीचालक थापाकाे उपचारका क्रममा निधन

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका गाडी चालक दिलबहादुर थापा (शम्भु)को उपचारका क्रममा निधन भएको छ । 

मेडिसिटी अस्पतालमा उपचाररत उनको उपचारका क्रममा आज मंगलबार दिउँसो १:३५ बजे निधन भएको अस्पतालले जनाएको छ ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ घर भएका ३९ वर्षीय शम्भु भन्ने दिलबहादुर थापा चुनाव प्रचार प्रसारका बेला चितवनमा रहँदा लामिछानेकाे घरको छतबाट खसेर गम्भीर घाइते भएका थिए । उनी वैशाख ४ गते बिहान ४ बजे घरको छतबाट तल भुइँमा खसेको अवस्थामा भेटिएका थिए । 

उनलाई सुरुमा चितवनकै पुरानो मेडिकल कलेजमा उपचारका लगिएकाे थियाे । थप उपचारका लागि वैशाख ५ गते उनलाई हेलिकाेप्टरबाट ललितपुरको मेडिसिटी अस्पतालमा ल्याइएकाे थियो ।

रास्वपाका महामन्त्री मुकुल ढकालका सवारी चालक कालुराम राजवंशी र थापा सँगै छतमा सुतेका थिए । थापा छतबाट कसरी खसे भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

अनुसन्धानका लागि प्रहरीले रास्वपाका महामन्त्री ढकालका सवारी चालक कालुराम राजवंशीलाइ नियन्त्रणमा लिएकाे छ । अहिलेसम्म उनकाे भनाइ सार्वजनिक गरिएकाे छैन ।



रवि लामिछानेका गाडी चालक घरको छतबाट खसे, टाउको र खुट्टामा चोट

रास्वपा महामन्त्री ढकालका सवारी चालक प्रहरीको नियन्त्रणमा



रवि लामिछानेका निजी चालक थापालाई थप उपचारका लागि मेडिसिटी ल्याइयाे

रवि लामिछानेका गाडीचालक थापा ‘कोमा’मा

  • प्रकाशित मिति : बैशाख १९, २०८० मंगलबार १५:३६:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया