दार्चुलाको ब्याँस गाउँपालिकामा हिमपहिरो

दार्चुलाको ब्याँस गाउँपालिका-१ बोलिनमा मंगलबार हिमपहिरो गएको छ ।

दिउँसो २ बजेर ४५ मिनेटमा गएको हिमपहिरोमा परी यार्सागुम्बा टिप्न गएका सर्वसाधारण प्रभावित भएको आशंका गरिएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

हिम पहिरो गएको क्षेत्रमा सशस्त्र प्रहरी बलको ५० नम्बर गुल्म छाङरुबाट डिएसपीको कमाण्डमा ३० जनाको टोली जाँदै गरेको उनले बताए ।

बोलिनमा यार्सागुम्बा टिप्न गएका ८/९ जना त्रिपाल टाँगेर बसेका थिए ।





  • प्रकाशित मिति : बैशाख १९, २०८० मंगलबार १६:३१:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया