चालक थापालाई श्रद्धाञ्जली दिँदै रविले लेखे– भगवान् हामीलाई यो पीडा सहन सक्ने शक्ति देऊ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मंगलबार उपचारका क्रममा निधन भएका आफ्ना चालक दिलबहादुर थापा (शम्भु)प्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । 

सभापति रवि लामिछानेले सामाजिक सञ्जालमा मृतक थापाको तस्बिर सेयर गर्दै उनलाई श्रद्धाञ्जली दिएका हुन् । उनले लेखेका छन्–धेरै ठूलो हिम्मत जुटाएर तिमीलाई श्रद्धाञ्जली लेख्दैछौं  शम्भु... भगवान्, हामीलाई यो पीडा सहन सक्ने शक्ति देऊ।’

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ घर भएका ३९ वर्षीय थापा चुनाव प्रचार प्रसारका बेला चितवनमा रहँदा लामिछानेको घरको छतबाट खसेर गम्भीर घाइते भएका थिए । 

उनी वैशाख ४ गते बिहान ४ बजे घरको छतबाट तल भुइँमा खसेको अवस्थामा भेटिएका थिए । मेडिसिटी अस्पतालमा उपचाररत थापाको उपचारका क्रममा मंगलबार दिउँसो १ः३५ बजे निधन भएको हो । 





  • प्रकाशित मिति : बैशाख १९, २०८० मंगलबार १९:४४:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया