धादिङको गणेशखोलामा फेरि जमिन भासिएको छ । गणेशखोलाको पुलको मुखनेर सोमबार जमिन भासिएपछि यातायात अवरुद्ध भएको थियो।
धादिङ प्रहरीका डिएसपी सन्तु जैसवालका अनुसार १६ घण्टा लगाएर पुरेको भासिएको ठाउँ बुधबार दिउँसो १२ बजेतिर फेरि भासिएको हो । उनका अनुसार अहिले बाटो पूर्णरूपमा अवरुद्ध छ ।
बाटो अवरुद्ध भएकाले काठमाडौंबाट आउने सवारीलाई कुलेखानी, त्रिभुवन राजपथ र नुवाकोटको वैकल्पिक बाटो प्रयोग गरिरहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।