सरकार परिवर्तनको हल्ला चलाएर कसैको हित हुँदैन : उपेन्द्र यादव
फाइल फाेटाे

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी वर्तमान सरकारकै निरन्तरताको पक्षमा रहेको बताएका छन् । उनले सरकार परिवर्तन गर्ने हल्ला चलाएर कसैको पनि हित नहुने बताए ।

उनले भने, ‘सुशासन र विकासको अभियान गतिका साथ अगाडि बढाउने । शिक्षा, स्वास्थ्य, कृषिलगायतका क्षेत्रहरुमा परिवर्तन गरी अगाडि बढाउने मुख्य अभिभारा सरकारको हो । त्यसका लागि सरकारको स्थिरता आवश्यक छ । दिनैपिच्छे सरकार परिवर्तन हुने हल्ला चलाएर कसैले हित हुँदैन । र, दिनैपिच्छे सरकार परिवर्तन गरिराख्नु पनि गलत हो ।’

रफ्त सञ्चार क्लवले शनिबार भक्तपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष यादवले सरकारले सुशासन, विकास र समृद्धिको मुख्य अभिभारालाई पूरा गर्दै लैजानुपर्ने आवश्यक्ता रहेको बताए । उनले राष्ट्रिय स्वतन्त्र पार्टी बाहिरिए पनि सरकारलाई फरक नपर्ने बताए ।

अध्यक्ष यादवले सरकार परिवर्तन गरिराख्ने कुरा गलत भएको बताए । राजनीतिक स्थिरताका साथ मुलुकलाई अघि बढाउन आफूहरुले वर्तमान सत्तारुढ गठबन्धन निर्माणमा योगदान गरेको उनको भनाई थियो । 

अध्यक्ष यादवले मुलुकलाई संकटबाट जोगाउन वित्तीय नीतिमै परिवर्तन गरेर अघि बढ्न पनि सरकारलाई सुझाव दिए । थुप्रिएर रहेको पूँजी उत्पादनमूलक क्षेत्रमा परिचालन गरेर मुलुकको अर्थतन्त्रमा सुधार ल्याउन सकिने उनले बताए । 





  • प्रकाशित मिति : बैशाख २३, २०८० शनिबार १६:३५:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया