भैरहवाबाट उडेको श्रीको जहाज फर्केर रनवेमै, काठमाडौंबाट गएको यतीको जहाज पनि ल्याण्ड गर्न नसकेर फर्कियो
फाइल तस्बिर

भैरहवाबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज बीच बाटोबाटै फर्केर भैरहवा पुगेको छ । जहाज अहिले रनवेमै रहेको बताइएको छ । 

उडान नम्बर एसएचए ८२२ नम्बरको ७२ सिट क्षमताको जहाज भैरहवाबाट ९:४० बजे काठमाडौं उडेको करिब २० मिनेट आकाशमा उडेपछि फेरि भैरहवा विमानस्थलमै फर्किएर ल्याण्ड गरेको हो । 

चालक दलका सदस्यहरूले जहाजमा खराबी देखाएकोले बीचबाटै फर्किएको बताएका छन् । जहाज रनवेमै रहेकाले अरु उडान अवतरण प्रभावित भएको छ  ।

काठमाडौंबाट भैरहवा गएको यतीको जहाज ल्याण्ड गर्न नसकेर काठमाडौं नै फिर्ता भएको छ । 

एनवाईटी ८९१ कल साइनको यतीको जहाज बिहान साढे ९ बजे काठमाडौंबाट भैरहवा प्रस्थान गरेको थियो । तर भैरहवामा श्रीको जहाज रनवेमै भएकोले यतीको जहाज ल्याण्ड गर्न नसकेर काठमाडौं फर्किएको बताइएको छ ।  





  • प्रकाशित मिति : बैशाख २५, २०८० साेमबार ११:१३:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया