दुर्घटनाबाट जोगिएको श्री एयरलाइन्सको जहाज उडानमा रोक
फाइल तस्बिर

आज सोमबार दुर्घटनाबाट जोगिएको श्री एयरलाइन्सको जहाज उडानमा रोक लगाइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आज बिहान भैरहवा विमानस्थलमा दुर्घटनाबाट जोगिएको श्रीको जहाज उडानमा रोक लगाएको हो।

प्राधिकरणले  श्रीको (९ एन–एएनई) जहाजलाई उडानमा रोक लगाएको छ । सूचना जारी गर्दै श्रीको उक्त जहाज तत्कालका लागि सञ्चालनमा रोक लगाएको प्राधिकरणले जनाएको छ। 

जहाज सोमबार बिहान ९:४० मा भैरहवा विमानस्थलबाट उडेको २० मिनेटमै समस्या देखिए पछि पुनः भैरहवा विमानस्थलमै आकस्मिक अवतरण गरिएको थियो। 





  • प्रकाशित मिति : बैशाख २५, २०८० साेमबार १६:१७:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया