सन्दीपले गराए लाइपोमाको शल्यक्रिया, खेलमा कहिले फर्केलान् ?

नेपाली राष्ट्रिय क्रिकेट टोलीका क्रिकेटर सन्दीप लामिछानेको लाइपोमाको शल्यक्रिया गरिएको छ। लामिछानेको शरीरमा रहेका ६ वटा लाइपोमाको सोमबार शल्यक्रिया गरी निकालिएको क्यानका चिकित्सक डा. अभिषेकराज सिंहले जानकारी दिए । 

लामिछाने भोलि नै डिस्चार्ज हुने र नियमित खेलमा फर्किने डा सिंहले बताए। लामिछानेको इच्छाअनुसार नै उक्त शल्यक्रिया नेपाल नेशनल अस्पतालमा गरिएको हो। 

लाइपोमा छालाको मुनि बन्ने सानो डल्लो हो। जुन बोसोमा जम्मा भएर एक ठाउँ बसेको हुन्छ। यो शरीरका विभिन्न ठाउँमा हुनसक्छ। 

विशेषगरी गर्धन, हात, जाँघ, छाति र काँधमा हुन्छ। लाइपोमा सामान्य स्वास्थ्य समस्या हो। यो समस्या प्रत्येक एक हजारमा एक जनालाई देखिन्छ। 





  • प्रकाशित मिति : बैशाख २५, २०८० साेमबार २१:५७:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया