बजेटमा कृषिलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ : अध्यक्ष यादव

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आगामी वर्षको बजेटमा सरकारले कृषिलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने सुझाब दिएका छन् । 

मंगलबार सरकारले प्रस्तुत गरेका आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले यस्तो सुझाब दिएका हुन् । 

आर्थिक अवस्था सुधार गर्न सबैभन्दा पहिला कृषिमा लगानी बढाउनुपर्ने बताउँदै उनले उत्पादनमुलक उद्योगहरुलाई सबलीकरण गर्ने, रुग्ण उद्योगलाई पुनः सञ्चालन गरेर मात्रै अहिलेको आर्थिक संकटको सामना गर्न सकिने बताए । पर्यटन क्षेत्रको प्रवद्र्धन गर्न सके पनि केही मात्रामा आर्थिक समस्या समाधान गर्न सकिने उनले बताए । 

हरित क्रान्ति कार्यक्रम लागू गर्नसके कृषि उत्पादनमा वृद्धि गर्न सकिने उनको भनाइ छ ।
 





  • प्रकाशित मिति : बैशाख २६, २०८० मंगलबार १७:३७:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया