मधेस सरकार पुनर्गठन हुन्छ : उपेन्द्र यादव

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले संघ सरकारमा भएको गठबन्धनकै आधारमा मधेस प्रदेश सरकार फेरि गठन हुने बताएका छन् ।  

शुक्रबार जनकपुरमा पत्रकार सम्मेलनमा यादवले केही दिनभित्रै मधेस सरकार पुनः गठन हुने बताएका हुन् । उनले संघीय सरकारमा भएको गठबन्धन अनुरूप नै मधेस सरकारमा पनि गठबन्धनको सरकार कायम रहने बताए । 

मुख्यमन्त्रीमा आलोपालो हुने भन्दै उनले अहिले भने सरकारको नेतृत्व जसपाले नै गर्ने स्पष्ट पारे । ‘यही सरकारमा मन्त्रिपरिषद् विस्तार हुन्छ । घटक दलका तर्फबाट मन्त्री हुन्छन् । तर, मुख्यमन्त्रीमा आलोपालो हुन्छ,’ उनले भने, ‘संघमा सरकारमा रहेका, पाँच दलीय गठबन्धनको संयुक्त सरकारको रूपमा यो अगाडि बढ्छ । मन्त्रिपरिषद् हेरफेर वा पुनर्गठन चाँडै हुन्छ ।’ 

उनले जनमत पार्टी उपनिर्वाचनमा सत्तारुढ गठबन्धनको विरुद्धमा लागेको उल्लेख गर्दै जनमतलाई सरकारमा ल्याउने, नल्याउने जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहालको भएको बताए । 

यादवले नक्कली भुटानी शरणार्थी प्रकरणलाई अपराध भएको टिप्पणी गर्दै कठोर छानबिन हुनुपर्ने बताए ।  





  • प्रकाशित मिति : बैशाख २९, २०८० शुक्रबार १४:१३:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया