मौद्रिक नीतिको समीक्षा सरकारले चाहेको जस्तो छैन : अर्थमन्त्री
फाइल फाेटाे

अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सरकारले चाहेको जस्तो नभएको बताएका छन् । शुक्रबार अर्थ मन्त्रालयमा राजश्व परामर्श समितिले निजी क्षेत्रसँग आगामी बजेटको लागि सुझाव लिने कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. महतले यस्तो बताएका हुन् ।

उनले राष्ट्र बैंकबाट अझ खुकुलो मौद्रिक नीतिको अपेक्षा गरे तापनि सरकारले चाहेको जस्तो नभएको बताए । उनले वर्तमान अर्थतन्त्रमा देखिएका अर्थतन्त्रका समस्या समाधानको लागि सकारात्मक सन्देश दिने बताए । 

‘आज मौद्रिक नीतिको तेस्रो समीक्षा आएको छ । तर सरकारले चाहेको जस्तो भएको छैन । तर पनि मलाई लाग्छ अर्थतन्त्रमा सकारात्मक सन्देश दिन्छ र लगानी कर्ताहरुलाई रकमको आवश्यकता छ’, उनले भने, ‘त्यसलाई पूर्ति गर्नेतर्फ मद्दत गर्छ । निजी क्षेत्रले दिएका सुझाव सल्लाहलाई सम्बोधन गर्नसक्ने हदसम्म गहिराइमा गएर औचित्य र आवश्यकताका विषयमा छलफल गर्छौँ । सरकारको मुख्य लक्ष्य भनेकै अर्थतन्त्रलाई चलायमान गराउने हो ।’ 

अर्थमन्त्री डा. महतले बजारमा पछिल्लो समय भएको तरलता सहजता बनाई कर्जा प्रवाहको लागि सहज बनाउने बताए । उनले सरकारले आगामी बजेटमा निजी क्षेत्रले दिएका सल्लाह सुझावलाई औचित्य र आवश्यकताको आधारमा कार्यान्वयन गर्ने बताए । उनले सरकारको मुख्य लक्ष्य भनेकै वर्तमान अर्थतन्त्रलाई चलायमान बनाउनु भएको उल्लेख गर्दै अनावश्यक कानुन,नियमावलीमा वा निर्देशनमा रहेका नीतिगत समस्या र अफ्ठ्याराहरुलाई हटाउन कोसिस बजेटमार्फत गर्ने बताए ।

उनले भने, ‘अनावश्यक कानुन नियमावलीमा वा निर्देशनमा रहेका हड्लस,अफ्ठ्याराहरु समग्र अवरोधहरुलाई हटाउन कोशिस गर्छौं । निजि क्षेत्र व्यापारको क्रियाशिलता नभई उत्पादन वृद्धि र रोजगारी सिर्जना हुँदैन । उद्योग व्यवसाय नफस्टाई राजश्व बढ्दैन । राजश्व बढेमात्रै बजेटको आकार बढ्दैन । बजेटको आधार बढ्यो भने मात्रै राज्यको लगानी गर्ने क्षमता बढ्छ । शिक्षा स्वास्थ्य समाजिक सुरक्षा,पुँजीगत खर्च,पूर्वाधार विकासमा निजी क्षेत्र आउँदैन ।’

उनले निजी क्षेत्र व्यापारको क्रियाशिलता नभई उत्पादन वृद्धि र रोजगारी सिर्जना नहुने भन्दै उद्योग व्यवसाय नफस्टाई राजश्व बढ्न नसक्ने बताए । उनले राजश्व बढेमात्रै बजेटको आकार बढ्ने र बजेटको आधारमा वृद्धिमात्रै राज्यको लगानी गर्ने क्षमता बढ्ने दाबी गरे ।  





  • प्रकाशित मिति : बैशाख २९, २०८० शुक्रबार १९:७:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया