\
पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा फराकिलो जित निकालेको छ ।
गएराति पार्क डेस प्रिन्सेसमा सम्पन्न खेलमा १० खेलाडीमा सीमित पिएसजीले १० खेलाडीमै समेटिन पुगेको एसी एजासियोविरुद्ध ५–० को जित निकालेको हो ।
पिएसजीको जितमा केलियन एमबाप्पेले २, फावियन रुइज र अचरफ हाकिनीले १–१ गोल गरे । पिएसजीले एक गोल उपहार प्राप्त गर्यो ।
यो फराकिलो जितसँगै उपाधि जित्ने पिएसजीको सम्भावना बलियो बनेको छ । शीर्षस्थानमा रहेको पिएसजीको ३५ खेलबाट ८१ अंक जोडेको छ । ऊ दोस्रो स्थानको लेन्सभन्दा ६ अंकले अगाडि छ । लेन्सको ७५ अंक छ ।
१८ औँ स्थानमा रहेको एजासियो २३ अंक जोडेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।