एमडीएमएस लागू, अब दर्ता नभएका मोबाइलमा सिम नचल्ने

नेपालमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सोमबारबाट पूर्ण रूपमा लागू गरिएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले जेठ १ गते (आज) देखि एमडीएमएस प्रणाली लागू गरहेको हो । 

अब दर्ता भएका मोबाइल मात्रै चल्ने भएका छन् । विदेशबाट भित्रिने मोबाइल दर्ता नगरे सिम नचल्ने भएको हो ।

आधिकारिक बिक्रेताले विदेशबाट भित्र्याउने मोबाइल स्वत: एमडीएमएसमा दर्ता हुन्छन् भने वैदेशिक रोजगारी र अध्ययन गर्न गएकाले ल्याएका मोबाइल अब दर्ता गर्नुपर्ने हुन्छ । 

यसैबीच वैदेशिक रोजगारीमा छ महिनासम्म काम गरेर फर्किएका नेपालीले मात्रै दुई वटा मोबाइल फोन ल्याउन पाउने भएका छन् ।

भन्सार विभागले शनिबार एक सूचना जारी गर्दै श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको छ महिना पूरा भएकाले मात्रै दुई वटा मोबाइल फोन ल्याउन पाउने जनाएको हो । 

विभागका निर्देशक पुण्यविक्रम खड्काले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपालीले एउटा चलाइरहेको र एउटा ‘सिलप्याक’ वा दुवै चलाइरहेको मोबाइल ल्याउन पाउने बताए । 





  • प्रकाशित मिति : जेठ १, २०८० साेमबार ११:२१:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया