चट्याङ पर्दा जिप्रका रामेछापकाे उपकरणमा क्षति

बुधबार बिहान चट्याङ पर्दा जिल्ला प्रशासन कार्यालय रामेछापकाे कम्प्युटर र इन्टरनेटका उपकरणमा क्षति पुगेको छ । 

मन्थलीमा बुधबार बिहान हावाहुरी र चट्याङसहित पानी परेको थियो । हावाहुरी र चट्याङका कारण जिल्ला प्रशासन कार्यालय रामेछापले दिने सेवा बुधबार बिहानैदेखि प्रभावित भएकाे छ ।

कार्यालयले इन्टरनेट, टेलिफोन, राउटर लगायतका उपकरण मर्मत गरेर सामान्य सेवा बुधबार अपराह्नदेखि सञ्चालनमा ल्याएको छ । राहदानी सेवा भने अझै अवरुद्ध छ ।

सेवा अवरूद्ध भएपछि राहदानी सिफारिस सेवा अर्को व्यवस्था नभएसम्मका लागि बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले बताए । 

चट्याङका कारण राष्ट्रिय परिचयपत्रका लागि फोटो खिच्ने क्यामेरालगायत उपकरण र सिसी क्यामेरासमेतमा क्षति पुगेको उनले बताए । 
 





  • प्रकाशित मिति : जेठ ३, २०८० बुधबार १६:२४:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया