आगामी बजेटमा एमालेका दुई पूर्वअर्थमन्त्रीको यस्तो छ सुझाब

पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट गलत तथ्यांकमा आधारित भएर नल्याउन आग्रह गरेका छन् । बिहीबार काठमाडौंमा भएको नेपालको अर्थतन्त्र, वर्तमान अवस्था र आगामी दिशा अन्तरक्रिया कार्यक्रममा बोल्दै डा. खतिवडाले यस्तो बताएका हुन् । 

सरकारले चालू आर्थिक वर्षको बजेटमा ८ प्रतिशतको आर्थिक वृद्धिदर राख्दा अर्थतन्त्रमा देखिएको अवस्थाको मूल्यांकन गरेर बजेट ल्याउनुपर्ने बताउँदै उनले चालू आर्थिक वर्षको अन्त्यसम्म २.२ प्रतिशतको आर्थिक वृद्धिदर हुन नसक्ने अवस्था देखिएको बताए । 

चालू आवको दुई त्रैमासिकमा आर्थिक वृद्धिदर कम हुँदा आर्थिक मन्दी हुने, तर २ प्रतिशत नेगेटिभमा गएको आर्थिक सिथिलता देखिएको उनको भनाइ छ । आर्थिक मन्दी भए पनि अर्थतन्त्रका सूचकहरु नेगेटिभ नभएको भन्दै उनले अर्थतन्त्रमा मन्दी हो वा सानो धक्का मात्रै देखिएको भन्ने विषयमा बहस छलफल हुन जरुरी रहेको बताए । 

डा. खतिवडाले वित्तीय क्षेत्र नै अस्तव्यस्त रहेको बताउँदै १० देखि १२ प्रतिशतको वित्तीय हिस्सा ओगटेको क्षेत्र नै अस्तव्यस्त रहेको बताए । यो क्षेत्रमा ऋण नतिरौं भन्ने, बचत उठाएर घरजग्गामा र डिजिटल करेन्सीमा लगानी गरेर पुँजी निर्माण गर्नेहरु समेत भेटिएको उनले बताए ।
 
बचतकर्ताको पैसा खोला तरेर सिमाना नागिसकेको बताउँदै खतिवडाले बिमा प्रणालीमा पनि लाइसेन्स बाँड्ने र मर्ज गराउने बेथिति औँल्याए । लघुवित्तहरुमा ऋण नतिरौँ भन्ने अभियान चलाउनेलाई कारबाही गर्न सरकार तयार नभएको उनको आरोप छ । 

डा.खतिवडाले मौद्रिक नीति खुकुलो बनाउन ठाउँ नभएको, ब्याजदर कम गर्न लगानी बढ्ने अवस्था नरहेको र करका दर बढाउँदा सिथिलता रहेको भन्दै अर्को वर्ष व्यावसायिक आम्दानीको आधारमा आय कर समेत घट्ने बताए । 

सोही कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारले आगामी बजेटमा चालू खर्च कटौती गर्नुको विकल्प नभएको बताएका छन् । एमाले सरकारमा भएको बेला वितरणमुखी बजेट ल्याएको स्वीकार गर्दै उनले अहिलेको त्यो अवस्था नरहेको स्वीकार गरे । 



अहिले राजनीतिक पार्टीहरुले एक अर्कालाई आरोपप्रत्यारोप लगाउँदा लगाउँदै अर्थतन्त्रको सिंगो जहाज खतरामा पर्ने अवस्था देखिएको बताए । मुलुकको समग्र अर्थतन्त्रको जिम्मेवारी राष्ट्र बैंकको नभएर सरकार र अर्थमन्त्रीको भएको उनको भनाइ छ । अर्थमन्त्रीले आफूलाई अफ्ठ्यारो पर्यो भनेर राष्ट्र बैंकलाई जिम्मेवारी दिएर भाग्न नमिल्ने बताए ।

बैंकले कर्जा दिन राष्ट्र बैंकले सकने पनि अर्थतन्त्र चलायमान बनाउने स्पेस अर्थमन्त्री वा सरकारसँग मात्रै भएको उनले बताए । सरकार आफ्ना कमजोरी करेक्सन गर्न तयार हुनुपर्ने बताउँदै पूर्वअर्थमन्त्री पाण्डेले राजनीतिक पृष्ठभूमिका कारण गभर्नरमाथि शंका नगर्न सुझाब दिए । 
 



  • प्रकाशित मिति : जेठ ४, २०८० बिहीबार १९:४१:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया