सुदूरपश्चिमको मन्त्रिपरिषद् विस्तार आज, माओवादीले टुङ्ग्यायो मन्त्रीको नाम

सुदूरपश्चिम प्रदेश सरकार आज विस्तार हुने भएको छ । आज बिहान मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारका सय दिनका उपलब्धि सार्वजनिक गर्दै मन्त्रिपरिषदले आज विस्तार हुने जानकारी दिएका हुन् ।

उनले गठबन्धनमा रहेका दलहरू सबैको सहमतिमा सरकार विस्तार हुने विश्वास व्यक्त गरे । 

गठबन्धनका दलबीच भएको भागबण्डाअनुसार नेकपा माओवादी केन्द्र दुई, नेपाली कांग्रेसले थप एक र नागरिक उन्मुक्ति पार्टीले एक मन्त्रालय पाउने गरी सहमति जुटेको माओवादी संसदीय दलका नेता खगराज भट्टले जानकारी दिए ।  

उनका अनुसार कांग्रेस, माओवादी र नागरिक उन्मुक्ति पार्टी तीनवटै दलले एक/एकजना राज्यमन्त्री पनि पाउनेगरी भागबन्डा टुंगिएको हो ।
 
माओवादीले टुङ्ग्यायो मन्त्रीको नाम

माओवादी केन्द्रले मन्त्रीको नाम टुंगो लगाएको छ । उसले सामाजिक विकासमा झपट साउद र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा रमेश धामीलाई पटाउने भएको हो । यस्तै, गीता माललाई राज्यमन्त्री बनाउने माओवादीको तयारी छ । 





  • प्रकाशित मिति : जेठ ५, २०८० शुक्रबार १०:५२:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया