म्यानचेस्टर सिटी तीन खेल अगावै प्रिमियर लिग च्याम्पियन

म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि जितेको छ । गएराति सम्पन्न खेलमा दोस्रो स्थानको आर्सनल पराजित भएसँगै सिटीले तीन खेल अगावै उपाधि जितेको हो ।

सिटी नवौँपटक प्रिमियर लिग च्याम्पियन बनेको हो । आफ्नो ३७ औँ खेलमा आर्सनल नटिङ्घम फरेस्टविरुद्ध १–० गोल अन्तरले पराजित भयो । फरेस्टको जितमा ताइवो अवोनियीले निर्णायक गोल गरे ।

उनले खेलको १९ औँ मिनेटमा गोल गरेका थिए । दोस्रो स्थानको आर्सनलले ३७ खेलमा ८१ अंक जोडेको छ । ऊ सिटीभन्दा ४ अंकले पछि रहेको छ । सिटीको ३५ खेलबाट ८५ अंक छ ।

यस्तै, फरेस्ट ३७ अंकका साथ १६ औँ स्थानमा छ ।  





  • प्रकाशित मिति : जेठ ७, २०८० आइतबार ७:४७:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया