प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार नियन्त्रणमा सरकार कठोर हुने बताएका छन्।
सरकारकाे नीति तथा कार्यक्रमबारे उठेका प्रश्नको मंगलबार राष्ट्रिय सभामा जवाफ दिँदै उनले सरकार अब सुशासनको पक्षमा कठोर भएर प्रस्तुत हुने बताए ।
‘सरकार सुशासनको पक्षमा दृढतापूर्वक अगाडि बढेको दाबी गर्दै उनले भने, 'सरकारले छानबिन गरेको एउटा विषयमा मात्रै हो कि भन्ने धेरैलाई परेको छ । सरकार सबैखाले विकृति विसंगतिविरुद्ध कठोर हुन्छ। सरकारले अब अकुत सम्पत्ति पनि छानबिन गर्छ।’
प्रधानमन्त्री दाहालले नीति तथा कार्यक्रममा विगतमा उपलब्धि समावेश भएनन् भन्नु गलत रहेको बताए । एमालेलगायतका सांसदले नीति तथा कार्यक्रम पुनः ल्याउनुपर्ने माग गरे पनि सत्तारूढ दलहरूले यसैबाट समृद्धि हासिल गर्न सकिने दाबी गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।