राष्ट्रिय सभाबाट पारित भयो नीति तथा कार्यक्रम

राष्ट्रिय सभाको बैठकले सरकारको आर्थिक वर्ष ०८०/०८१ को नीति तथा कार्यक्रम पारित गरेको छ । मंगलबार बसेको राष्ट्रिय सभाको बैठकबाट सरकारको आर्थिक वर्ष ०८०/०८१ को नीति तथा कार्यक्रम पारित भएको हो । 
जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । जसलाई राष्ट्रिय सभाको मंगलबारको बैठकले बहुमतले पारित गरेको हो । 

नीति तथा कार्यक्रम पारित गर्नुपूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले नीति तथा कार्यक्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिएका थिए । साथै, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नीति तथा कार्यक्रममा संशोधन हाल्ने सांसदहरुलाई आफ्नो संशोधन प्रस्ताव फिर्ता लिन आग्रह गरेका थिए । 

राष्ट्रिय सभाको अर्को बैठक जेठ १४ गते १ बजेर १ मिनेटका लागि बोलाइएको छ । 
 





  • प्रकाशित मिति : जेठ ९, २०८० मंगलबार १६:२७:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया