नीति निर्माणमा हाबी हुने बिचौलियाहरुलाई खबरदारी गर्नुपर्छ : प्रमुख सचेतक काफ्ले

बागमती प्रदेश नेपाली कांग्रेसका प्रमुख सचेतक कुन्दनराज काफ्लेले नीति निर्माणमा समेत बिचौलिया हाबी हुने भन्दै उनीहरुलाई खबरदारी गर्नुपर्नेमा जोड दिएका छन् ।

मंगलबार बसेको प्रदेश सभाको बैठकमा बोल्दै प्रमुख सचेतक काफ्लेले नीति निर्माणमा बिचौलिया तत्वहरु हाबी भएको भन्दै खबरदारी गर्न सबै लाग्नुपर्ने बताए । 

‘भ्रष्टाचारका कुरा सबैतिर सुनिन्छ । तीन तह नै भ्रष्टाचारमा लिप्त भएको ठाउँठाउँमा सुनिन्छ । बागमती प्रदेशको मात्र होइन, सबैतिर बिचौलियाको ठूलो हाबी भएको र बिचौलियाको कारणले गर्दा सरकारका नीति तथा कार्यक्रम प्रभावकारी हुन नसकेको कुरा पनि सुनिन्छ । म सरकारको विशेष ध्यानाकर्षण गराउन चाहान्छु । यसमा ठोस नीति निर्माण तयार पार्नुपर्दछ,’ उनले भने, ‘र, त्यस्ता बिचौलियालाई जसले नीति निर्माणका काममा अवरोध सिर्जना गर्छ चाहे जुनै तत्व किन नहोस् तीनीहरुलाई खबरदारी गर्नुपर्दछ ।’ 
 
त्यस्तै, सरकारले नराम्रो काम गर्दा सांसदले खबरदारी गर्न समेत आह्वान गरे । आफ्नै दलको नेतृत्व भए पनि सरकारले गरेका नराम्रा काममा ताली पिट्नेभन्दा खबरदारी गरेर संघीयतालाई थप विश्वसनीय बनाउने जोड दिए । ‘हाम्रा सांसदहरुले सरकारले गरेका नराम्रा कुराहरुलाई खबरदारी गर्नुपर्दछ,’ काफ्लेले भने ।
 
देश संघीयतामा गए पनि प्रदेशहरु अझै केन्द्रकै भर पर्नुपर्ने अवस्था आएको बताउँदै त्यसको अन्त्य गर्दै प्रदेशले आफ्नो क्षमता प्रस्तुत गर्नुपर्ने दिन आएको बताए । 

‘अहिले पनि बजेट निर्माणका कुराहरुमा पनि केन्द्रमै आश्रित हुनुपर्ने अवस्था छ त्यसलाई अन्त्य गर्नुपर्छ,’ उनले भने ।





  • प्रकाशित मिति : जेठ ९, २०८० मंगलबार १७:३५:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया