अस्पतालहरुमा कामको सुनिश्चितता र कार्यभार कम गर्न माग गर्दै नर्सहरुले काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिएका छन् । मंगलबार विभिन्न अस्पतालहरुमा कार्यरत नर्सहरुले अस्पतालमा गर्नुपर्ने कामको सुनिश्चितता र कार्यभार कम गर्न माग गर्दै शान्तिपूर्ण धर्ना सुरु गरेका हुन् ।
सोमबारदेखि सुरु भएको धर्ना आज पनि जारी राख्दै उनीहरुले न्यून तलबमा क्षमताभन्दा बढी बिमारीको हेरचाह गर्दा समेत कामको मूल्यांकन गर्नुपर्ने माग राखेका छन् ।
पछिल्लो समय नर्सहरु सुरक्षित रुपमा काम गर्ने वातावरण नभएको भन्दै सामाजिक सञ्जालमा नर्सहरुमाथि हुने टीकाटिप्पणी रोकिनुपर्ने उनीहरुको माग छ ।
धर्नामा बस्ने नर्सहरुले कार्य क्षेत्रमा सुरक्षाको प्रत्याभूति गराइयोस्, गल्ती देख्नेहरुले हाम्रो राम्रो काम पनि देखोस्, मिडियामा भाइरल हुन नर्स पेसामाथि दाग लाग्ने कुरा गर्न पाइँदैन, व्यक्ति गलत होला तर नर्सिङ पेसा गलत छैन भन्नेजस्ता प्लेकार्डसहित धर्नामा बसेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।