सगरमाथा आराेही बुढामगरलाई प्रधानमन्त्रीले भेटेरै दिए बधाई

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृत्रिम खुट्टाको सहायताले सर्वोच्च शिखर सगरमाथाको सफल आराेहण गरेका हरि बुढामगरलाई भेटेरै बधाई दिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले पूर्वगोर्खा सैनिक बुढामगरलाई सिंहदरबारमै बोलाएर बधाई दिएका हुन् । साे भेटमा बुढामगरसहित उनकाे टोली सहभागी थियाे । 

बुढामगरले यो आरोहणसँगै सगरमाथाको चुचुरो चुम्ने पहिलो ‘डबल एम्प्युटी एभोब नी’ (घुँडामाथिबाट दुवै अंग विच्छेदन) व्यक्तिको विश्व रेकर्डसमेत बनाएका छन् ।

रोल्पा थबाङ गाउँपालिकाको मिरुल घर भएका बुढामगरले पाँच वर्षको प्रयासपछि सगरमाथाको सफल आरोहण गरेका हुन् । 

यसअघि बुढामगरलाई राष्ट्रपति रामचन्द्र पौडेलले पनि सन्देश पठाएर बधाई दिएका थिए । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेल र राष्ट्रपतिकी सुपुत्री अवज्ञा पौडेलले एक कार्यक्रममा बुढामगरलाई सम्मानपत्र हस्तान्तरण गरेका हुन् । 





  • प्रकाशित मिति : जेठ ९, २०८० मंगलबार १८:१६:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया