काभा महिला भलिबल : किर्गिस्तान र श्रीलंका पाँचौँ स्थानका लागि खेल्ने

नेपालमा जारी काभा महिला भलिबल च्यालेन्ज कपमा किर्गिस्तान र श्रीलंका पाँचौँ स्थानका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सम्पन्न खेलमा किर्गिस्तानले माल्दिभ्ससँग जित निकाल्दा अर्को खेलमा श्रीलंकाले बंगलादेशलाई पराजित गरेको हो । 

दुवै टोलीको जितसँगै विजेता दुई टोलीको भिडन्त पाँचौँ स्थानका लागि तय भएको हो । प्लेअफअन्तर्गत बिहीबार भएको पहिलो खेलमा किर्गिस्तानले माल्दिभ्समाथि ३–० को सहिजत जित दर्ता गरेको हो । किर्गिस्तानले माल्दिभ्सलाई २५–२०,२५–२० र २५–१५ ले हराएको हो । पाँचौँ स्थानका लागि शनिबार खेल हुनेछ ।

प्रतियोगिताअन्तर्गत बिहीबार नै भएको अर्को खेलमा श्रीलंकाले बंगलादेशलाई ३–० को सेटमा जित निकाल्दै किर्गिस्तानसँगको भेट पक्का गरेको हो । रोमाञ्चक खेलमा श्रीलंकाले बंगलादेशमाथि २५–१६, २५–१५ र २५–७ को सहज जित निकालेको हो । यससँगै छैटौँ र सातांै स्थानका लागि प्रतिस्पर्धा गर्ने टोलीको पनि टुंगो लागेको छ । यस स्थानका लागि माल्दिभ्स र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताअन्तर्गत शुक्रबार नै उज्वेकिस्तान र भारतबीच पहिलो सेमिफाइनल खेल दिउँसो साढे दुई बजे हुनेछ । त्यस्तै, नेपाल र काजकिस्तानबीच दोस्रो सेमिफाइनल खेल शुक्रबार साँझ ५ बजे हुनेछ । दुवै सेमिफाइनल विजेताका बीचमा आइतबार फाइनल खेल हुनेछ । नेपाल घरेलु कोर्टमा च्याम्पियनको ह्याट्रिक गर्ने लक्ष्यमा रहेको छ । 





  • प्रकाशित मिति : जेठ ११, २०८० बिहीबार १९:३५:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया