विदेश अध्ययनमा जान चाहने विद्यार्थीलाई हब इन्टरनेशनलको अफर

१२ कक्षा उत्तीर्ण गरेका विद्यार्थीलाई लक्षित गरि हब इन्टरनेशनल एजुकेसनले आइएलटिस र पिटीइमा विभिन्न अफरहरू ल्याएको छ ।

विदेश पढ्न जाने विद्यार्थीका लागि पहिलो खुड्किलो भनेकै आइएलटिस,पिटीई,टोफलको तयारी गर्नु हो ।​ अंग्रेजी भाषाको प्रोफिफेन्सीबिना विदेशी युनिभर्सिटीमा भर्ना पाइने सम्भावना हुँदैन । 

यसैलाई दृष्टिगत गरी हब इन्टरनेशनल एजुकेसनले विद्यार्थीका लागि विभिन्न स्किमहरू ल्याएको हो । यसअन्तर्गत ५० प्रतिशत स्कलरसिप,अप टु १०० प्रतिशत क्यासब्याक र फ्रि–प्रोसेसिङ स्किमहरू पर्छन् ।

७ जेठदेखि प्रारम्भ भएको यो अफरमा विद्यार्थीले पचास प्रतिशत अफको सुविधा त पाउँछन नै विदेश पढ्नका लागि हब इन्टरनेशनलबाटै प्रोसेसिङ गरेको खण्डमा यहाँ आइएलटिस र पिटीइ गर्दा लागेको खर्चको १०० प्रतिशत नै क्यास ब्याक हुन्छ ।

हब इन्टरनेशनलकी सिइओ सरिता खड्काका अनुसार, विगत दई दशकदेखि वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीलाई सेवा प्रदान गर्दै आएको हब इन्टरनेशनलले हात्तीसारस्थित नवनिर्मित आफ्नै भवनबाट सेवा दिँदै आएको छ । हबले आफ्नो अत्याधुनिक नयाँ अफिसमा विद्यार्थीको अनुकूलतालाई दृष्टिगत गर्दै काउन्सिलिङ, लाइब्रेरी,एअर कण्डिसनलगायतका सुविधा प्रदान गर्दै आएको छ ।    

सिइओ खड्का भन्छिन्, ‘विशेषगरी आइएलटिस र पिटिइ कक्षाका लागि ख्याति कमाएको हब इन्टरनेशनलमा पढाउने शिक्षकहरू ब्रिटिस काउन्सिल,पिटिइ र विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयबाट सर्टिफाइड र क्वालिफाइड छन् ।’  



वैदेशिक अध्ययनको सन्दर्भमा युएसए, क्यानडा, युके,आयरल्याण्ड, अस्ट्रेलिया, न्युजिल्याण्ड र भारतमा पढ्न जाने विद्यार्थीका लागि विशेषज्ञ काउन्सिलिरहरूद्वारा छुट्टाछुट्टै काउन्सिलिङ गर्ने व्यवस्था गरिएको छ । हरेक देशका लागि छुट्टाछुट्टै डेस्कको प्रबन्ध गरिएको छ । विद्यार्थीले गुणस्तरीय काउन्सिलिङ पाउन सकुन् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो ।     

सिइओ खड्काले वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरूलाई सम्बोधन गर्दै भनिन्,‘म विद्यार्थीहरूलाई हामीले प्रदान गर्दै आएको सेवा, सुविधा लिन र एकपटक हब इन्टरनेशनमा भ्रमण गरी गुणस्तरीय काउन्सिलिङबाट लाभान्वित हुन आग्रह गर्न चाहन्छु ।’ 



 

  • प्रकाशित मिति : जेठ १२, २०८० शुक्रबार १३:५३:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया