बागमती प्रदेशले तीन दिन गणतन्त्र दिवस मनाउने
फाइल फाेटाे

बागमती प्रदेश सरकारले तीन दिन गणतन्त्र दिवस, २०८० विविध कार्यक्रमहरू गरी मनाउने तय गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री गङ्गानारायण श्रेष्ठले जेठ १४ गतेदेखि १६ गतेसम्म विभिन्न कार्यक्रम आयोजना गर्ने तालिका सार्वजनिक गरेका हुन् ।  

सरकारले जेठ १४ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्नेछ । यस्तै जेठ १५ गते बिहान हेटौंडाको बुद्धचोकबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्राङ्गणसम्म प्रभातफेरि आयोजना गर्ने, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्राङ्गणमा गणतन्त्र दिवस, २०८० विशेष समारोहमा प्रदेश प्रमुखबाट सम्बोधन हुने कार्यक्रम रहेको मन्त्री श्रेष्ठले बताए । सोही दिन साँझ प्रदेशस्थित सबै मन्त्रालय, कार्यालय, सार्वजनिक एवं सामुदायिक सङ्घसंस्था, शैक्षिक प्रतिष्ठान तथा निकाय र प्रदेशवासीका घरघरमा दीपावली गर्ने बताए ।

जेठ १६ गते वृक्षरोपण कार्यक्रम आयोजना गर्ने मन्त्रालयअन्तर्गतका कार्यालय र सार्वजनिक स्थानको सरसफाइ गर्ने, सार्वजनिक निकायले राष्ट्रिय झण्डा फहराउने एवं ब्यानर प्रदर्शन गर्ने, सञ्चार माध्यममार्फत गणतन्त्र दिवसलाई सभ्य र भव्यरूपमा मनाउन अपिल गर्ने, प्रदेशमा क्रियाशील पत्रकारलाई प्रोत्साहित गर्न विभिन्न विधामा स्थापित पत्रकारिता पुरस्कार वितरण गर्ने जस्ता कार्यक्रम तय भएको मन्त्री श्रेष्ठले बताए ।  





  • प्रकाशित मिति : जेठ १२, २०८० शुक्रबार २१:३२:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया