नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारले ल्याउने बजेट कार्यान्वयन पक्षलाई जोड दिएर ल्याउनुपर्ने बताएका छन् । आइतबार प्रतिनिधिसभाबाहिर सञ्चारकर्मीसँग आगामी आर्थिक वर्षको बजेटका बारेमा प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।
सरकारले ल्याउने बजेट राम्रो हुने भए पनि कार्यान्वयन पक्ष कमजोर रहेको भन्दै वर्तमान सरकारले कार्यान्वयन पक्षलाई जोड दिएर बजेट आउनुपर्ने उनले बताए । सरकारले ल्याएको बजेट कार्यान्वयन नभए बजेट ल्याएको अर्थ नहुने उनको भनाइ छ । सरकारले ल्याउने बजेटको मुख्य चुनौती भनेको कार्यान्वयनको रहेको उनले बताए ।
सरकारले बजेटमा कृषि, स्वास्थ्य, शिक्षा र भौतिक पूर्वाधारमा विशेष जोड दिनुपर्ने बताउँदै लेखकले वर्तमान सरकारको बजेट पनि कृषि, स्वास्थ्य, शिक्षा र भौतिक पूर्वाधारमा विशेष जोड दिएर आउने अपेक्षा रहेको बताए ।
सरकारको पुँजीगत खर्च एकदमै कम रहेको तर कहिल्यै पनि शतप्रतिशत पुँजीगत खर्च गर्न नसकेको बताए । सरकारले बजेटमार्फत ल्याएका योजना तीन वर्षमा पूरा गर्ने भने पनि सात वर्षसम्म पनि पूरा हुन नसकेको उनको भनाइ छ ।
भौतिक पूर्वाधार निर्माण समयमा सम्पन्न गर्ने र गुणस्तरमा जोड दिन आवश्यक रहेको लेखकले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।