गुजरातलाई हराउँदै चेन्नई पाँचौंपटक आइपिएल च्याम्पियन

१६ औँ संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) को उपाधि चेन्नई सुपर किंग्सले जितेको छ । गएराति सम्पन्न खेलमा गत विजेता गुजरात टाइटन्सलाई डक वर्थ लुईस पद्धतिमा ५ विकेटले हराउँदै पाँचौंपटक आइपिएल उपाधि जितेको छ ।

योसँगै चेन्नईले मुम्बई इण्डियन्सको रेकर्ड बराबर गर्‍याे । चेन्नईले यसअघि २०१०, २०११, २०१८ र २०२१ मा उपाधि जितेको थियो । मुम्बईले पनि हालसम्म पाँचपटक आइपिएल ट्रफी उचालेको छ ।  

उपाधिसँगै चेन्नईले २० करोड भारु पुरस्कार जितेको छ । यस्तै, उपविजेता गुजरातले १३ करोड भारुमा चित्त बुझाएको छ । घरेलु टोली गुजरातले लगातार दोस्रोपटक उपाधि जित्ने मौका गुमायो । फाइनलमा नरेन्द्र मोदी स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय १४ रन बनायो । 

पहिलो इनिङ सकिनेबित्तिकै पानी पर्दा चेन्नईले १५ ओभरमा १ सय ७१ रनको लक्ष्य प्राप्त गर्‍याे । उसले यो लक्ष्य १५ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । उसका लागि डेभन कन्वेले ४७, अजिंक्य रहाणेले २७, शिव दुबेले अविजित ३२, ऋतुराज गायकवाडले २६, अम्बाती रायडूले १९ र रवीन्द्र जडेजाले अविजित १५ रन बनाए । गुजरातका लागि मोहित शर्माले ३ र नूर अहमदले २ विकेट लिए । 

त्यसअघि गुजरातका लागि ब्याटिङमा साई सुदर्शनले उत्कृष्ट पारी खेले । ४७ बलको सामना गरेका उनले ८ चौका र ६ छक्काको सहयोगमा ९६ रन बनाए । 

यस्तै, ऋद्धिमान साहले ३९ बलमा ५ चौका र १ छक्काको सहयोगमा ५४ रनको इनिङ खेले । शुभमन गिलले ३९ र कप्तान हार्दिक पाण्ड्याले अविजित २१ रन जोडे । चेन्नईका लागि मथीशा पाथिरानाले २, रवीन्द्र जडेजा र दीपक चाहरले १/१ विकेट लिए ।  



दोस्रो क्वालिफायर खेलमा मुम्बईलाई ६२ रनले हराउँदै गुजरातले फाइनलको टिकट सुरक्षित गरेको थियो । चेन्नईले पहिलो क्वालिफायरमा गुजरातलाई १५ रनले हराउँदै फाइनलको यात्रा तय गरेको थियो । 



  • प्रकाशित मिति : जेठ १६, २०८० मंगलबार ५:२८:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया