विदेश पढ्न जाने विद्यार्थीले पाउने मुद्रा सटही सुविधामा कर बढ्यो

विदेशमा अध्ययन गर्न जाने विद्यार्थीले नेपालमा विदेशी मुद्रा सटही गर्दा लाग्ने कर बढेको छ । सोमबार संसदमा प्रस्तुत भएको आर्थिक विधेयक २०८० ले शिक्षा सेवा शुल्क बढाएको हो ।

विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई शिक्षण शुल्कवापत विदेशी सटही सुविधा दिँदा त्यस्तो सटही रकममा लाग्ने शिक्षा सेवा शुल्क तीन प्रतिशत पुर्‍याइएको छ । यसअघि दुई प्रतिशत रहेकोमा एक प्रतिशत विन्दुले बढाएर तीन प्रतिशत पुर्याइएको हो ।

साथै सरकारले शैक्षिक परामर्शदातामार्फत विदेशमा अध्ययन गर्न नो अब्जेक्सन सर्टिफिकेट लिँदा र विदेशी विश्वविद्यालयमा बैंकबाट विदेशी मुद्रा पठाउँदा सम्बन्धित शैक्षिक परामर्श संस्थाको स्थायी लेखा नम्बर अनिवार्यरूपमा उल्लेख गर्नुपर्ने व्यवस्था समेत गरेको छ ।   





  • प्रकाशित मिति : जेठ १६, २०८० मंगलबार ७:५:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया