सन्दीप लामिछानेकाे पक्षमा माइतीघरमा प्रदर्शन

क्रिकेटर सन्दीप लामिछानेलाई चाँडो न्याय दिन माग गर्दै माइतीघरमा प्रदर्शन भएकाे छ । काठमाडौंको माइतीघर मण्डलामा मंगलबार भेला भएर युवाहरुले सन्दीपकाे न्यायका लागि माग गरेका हुन् । 

लगातार पेसी सारिएकाे भन्दै युवाहरु सडकमा उत्रिएका हुन् । अदालतमा विचाराधीन मुद्दाको किनारा चाँडो लगाउनुपर्ने उनीहरुको माग छ । 

मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शंकरबहादुर राईको इजलासमा सन्दीपकाे मुद्दामा सुनुवाइ गर्ने कार्यतालिका थियाे । तर, सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ हुन सकेन । 

उक्त इजलासले पीडितले दायर गरेको अन्तरिम क्षतिपूर्तिसम्बन्धी निवेदनको टुंगो लागेपछि मात्र फैसला सुनुवाइ हुने बताएको छ ।

मुद्दाको अन्तिम किनारा नलागेका कारण सन्दीप विश्वकप छनोटअघि दक्षिण अफ्रिकामा हुने अभ्यास खेलमा सहभागी हुनबाट वञ्चित भएका छन् । 

उनको मुद्दाको किनारा नलागेकाले लिगल टिमले सन्दीपलाई नपठाउने निर्णय गरेको हो ।





  • प्रकाशित मिति : जेठ १६, २०८० मंगलबार १६:१५:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया