रेशम चौधरीलाई आममाफी दिने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता

रेशम चौधरीलाई आममाफी दिने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएकाे छ । टिकापुर हत्याकान्डमा मारिएका इन्सपेक्टर केशव बोहराकी पत्नी शारदा कडायतले आइतबार सर्वोच्चमा रिट दिएकी थिइन् । 

तीनवटै तहका अदातलबाट दोषी ठहर भएका चौधरीलाई आममाफी दिएकाे भन्दै उनले पेस गरेकाे रिट मंगलबार दर्ता भएकाे हाे । सर्वाेच्चले दुई दिनकाे अध्ययनपछि रिट दर्ता गरेकाे हाे । 

सरकारले चौधरीलाई आममाफी दिने तयारी गरेपछि शारदाले रिट पेस गरेकी थिइन् । उनकाे रिट दर्ता नहुँदै चाैधरी आममाफी पाएर जेलमुक्त भइसकेका छन् ।

उक्त रिटको पेसी बुधबारका लागि तोकिएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिएका छन् ।





  • प्रकाशित मिति : जेठ १६, २०८० मंगलबार १७:११:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया