खर्च कटौतीकाे सुरुवात राष्ट्रपति कार्यालयबाट गर्नुपर्छ : पूर्वअर्थमन्त्री खतिवडा

पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले बजेटमार्फत आगामी आर्थिक वर्षमा लिएको ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य पूरा हुन नसक्ने दाबी गरेका छन् । बुधबार नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको ‘पोष्ट–बजेट डिस्कसन’ कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री डा. खतिवडाले यस्तो बताएका हुन् । 

बजेटमा सरकारले लिएको ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य आन्तरिक स्रोतको कारण पुग्न नसक्ने उनले बताए । सरकारको आन्तरिक स्रोत नै कमजोर रहेको बताउँदै खतिवडाले १५औं योजनाको अन्तिम भएकाले सरकारले ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य वैदेशिक लगानीमा सरकार लामो बोलेको अनुसार लगानी आए पुग्ने सम्भावना रहेको बताए । 

बैंकिङ क्षेत्रको निक्षेप र सरकारको वचतले समेत नपुग्ने भएकोले ६ प्रतिशत आर्थिक वृद्धि हुन नसक्ने उनको तर्क छ । नेपालको जिडिपीको ६ प्रतिशत मात्रै वचत रहेको भन्दै नेपालमा वचत प्रणाली कमजोर रहेको बताए । 

सरकारले साधारण खर्च कटौतीको सुरुवात गर्नु राम्रो भएको बताउँदै उनले अर्थमन्त्रीले खर्च कटौती तलबाट नभएर राष्ट्रपति कार्यालयबाट सुरुवात गर्न आवश्यक रहेको बताए । सामान्य मन्त्रालयहरुको ओभर टाइम, प्रोत्साहन भत्ता कटौतीमा १० अर्बको फरक परे पनि समग्र अर्थतन्त्रमा प्रभाव नपर्ने उनको दाबी छ । 

सरकारले सुरक्षा रक्षासँग सम्बन्धित एउटै मन्त्रालयमा १० अर्बको बजेट बढाएपछि त्यसको असर विकास पुँजीगत खर्चमा भेट्न नसकिने बताउँदै उनले अब साउन १५ पछि खोलि दिनुपर्यो भनेर हस्ताक्षर गर्ने फाइल  मात्रै मन्त्रालयमा आउने बताए । 

विगत लामो समयदेखिको अर्थमन्त्रीहरु संसदीय प्रणालीमा अर्थतन्त्रका पोलिसी ट्रयापमा पर्ने गरेको उको भनाइ छ । पुँजीगतभन्दा ऋणको सावाँ ब्याज भुक्तानीका लागि धेरै बजेट विनियोजन गर्नुपर्ने, राजस्वभन्दा चालू खर्चको आकार धेरै बनाउनुपर्ने भएकाले ट्रयापमा पर्ने समस्या रहेको उनले औँल्याए । 



आगामी वर्षको बजेट बनाउँदा अर्थमन्त्रीलाई चालू आर्थिक वर्षको बजेट अस्वाभाविक र अवास्तविक समग्र हिसाबले भन्दा बजेट भन्न लायक नभएको बजेट अझ बढी ट्रयापमा पारेको उनले बताए । चालू आर्थिक वर्षको बजेटको आधारमा आगामी आर्थिक वर्षको बजेट बनाउँदा फाउण्डेसन नै गलत भएपछि अर्थमन्त्रीले जति कोसिस गर्दा राम्रो हुन नसकेको उनको तर्क छ । 

सरकारको बजेटमा नचाहिने किसिमले इस्पान्सनरी किसिमको पोलिसीमा जान खोज्दा पोलिसी ट्रयापमा परिने खतिवडाको भनाइ छ । पूर्वअर्थमन्त्री डा. खतिवडाले करका दरलाई लिएर पदको बाजी नराख्न अर्थमन्त्री डा. प्रकाशरण महतलाई सुझाब दिए । अर्थमन्त्रीले आफूले गरेको कामको पूर्णजिम्मेवारी लिनुपर्ने भनदै उनले पदबाट भाग्न नहुने सुझाब दिए । 



मन्त्रीले गरेको काममा छानबिन भए छानबिन गर्न तयार हुनुपर्ने बताउँदै खतिवडाले अर्थमन्त्रीले आफूले गरेको निर्णयमा जीवनप्रायः मन्त्री जिम्मेवार हुनुपर्ने भन्दै पद गएपछि उम्कन नपाउने बताए । 

करका दर हरेक आर्थिक अध्यादेशमा हेरफेर हुँदा सधैँ शंका पैदा हुने हो भने आर्थिक ऐन नल्याए पनि हुने उनको भनाइ छ । प्रणालीकै आवश्यकका आधारमा करका दर फेरिएको हुनसक्ने भन्दै उनले आफू त्यसमा विश्वस्त रहेको बताए । 

अर्थमन्त्री मात्र इमान्दार भएर नहुने भन्दै खतिवडाले कर्मचारीतन्त्र पनि इमान्दार हुन आवश्यक रहेको औँल्याए ।
 

  • प्रकाशित मिति : जेठ १७, २०८० बुधबार १६:०:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया