प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किँदै

आफ्नो चार दिने भारत भ्रमण पूरा गरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्किंदैछन् । यही जेठ १७ गते भारत भ्रमण गएका प्रचण्ड विभिन्न महत्वपूर्ण भेटघाट र सम्झौता गरेर आज स्वदेश फर्किन लागेका हुन् ।

शुक्रबार भारत मध्यप्रदेशको इन्दोर पुगेका प्रधानमन्त्री आज त्यहाँको विशेष आर्थिक क्षेत्रको भ्रमण सकेर दिल्ली फर्किने छन् । दिल्लीबाट उनी अपराह्न ४ : २० मा नेपाल एयरलाइन्सको उडानबाट काठमाडौं फर्किने छन् ।

प्रधानमन्त्री प्रचण्ड दिल्लीको भ्रमण सकेपछि विशेष विमानमार्फत इन्दौर प्रस्थान गरेर महाकालेश्वर मन्दिरमा रहेको वास्तुकलाको अवलोकनका साथै पूजापाठ गरे । पूजापाठमा सरकार अन्य मन्त्रीहरू र भ्रमण प्रतिनिधिमण्डल सहभागी थिए ।

प्रधानमन्त्रीको सम्मानमा मध्यप्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानले शुक्रबार रात्रि भोजको आयोजना गरेका थिए  । प्रधानमन्त्रीले आफ्नो चार दिने भारत भ्रमण पूर्णरूपमा सफल भएको दाबी गरेका छन् ।  





  • प्रकाशित मिति : जेठ २०, २०८० शनिबार ७:४:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया