सबै जिल्लालाई समानुपातिक बजेट व्यवस्था नगरे संसदमै आन्दोलन गर्छाैं : ठाकुर गैरे

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसद ठाकुरप्रसाद गैरेले निश्चित घरानालाई करमा छुट दिने गरी सरकारले बजेट ल्याएको आरोप लगाउँदै आपत्ति जनाएका छन् । 

सोमबार प्रतिनिधिसभा बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा लिँदै उनले आफैँले प्रस्तुत गरेको नीति, कार्यक्रम र सिद्धान्तविपरीत अर्थमन्त्री प्रकाशशरण महतले बजेट ल्याएको भन्दै यसले सबै क्षेत्रलाई निराश बनाएको जिकिर गरे । 

सांसद गैरेले सरकारले ल्याएको बजेटलाई ‘जबरजस्ती फुकेको बेलुन’सँग तुलना गर्दै कुनै पनि दिन फुट्ने र देश बर्बाद हुने बताए । उनले भने, ‘गत वर्ष जस्तो सिसिटिभी फुटेज हराउने छैन । मुसाले तार काट्ने छैन । तर, आज पनि हामी समाचार सुनिरहेका छौं कि आज पनि निश्चित घरानालाई करको दरमा छुट दिने गरी बजेट आएको छ भन्दा हामीलाई दुःख लागेको छ ।'

सांसद गैरेले सबै जिल्लालाई समानुपातिक ढंगले बजेटको व्यवस्था नगरे सरकारविरुद्ध संसद भवनमै आन्दोलन गर्न बाध्य हुने चेतावनीसमेत दिए । 





  • प्रकाशित मिति : जेठ २२, २०८० साेमबार १९:१०:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया