सरकारले प्रदेशमा समानान्तर सरकार चलाउन खोज्याे : मुख्यमन्त्री राउत

जनकपुर–  संघीय सरकारले प्रदेशमा समानान्तर सरकार चलाउन खोजेको प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आरोप लगाएका छन् । चेतना नेपालद्वारा आइतबार जनकपुरमा आयोजना गरेको संघीयता कार्यान्वयन विषयक अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले आन्तरिक सुरक्षाका नाममा भएका यस्ता गतिविधि स्वीकार्य नहुने उनले बताए ।

संघीय सरकारले संविधान र संघीयताको भावनाविपरीत आन्तरिक सुरक्षासम्बन्धी विधेयक ल्याएको धन्दै रावतले आफूहरूले कुनै पनि हालतमा सो विधेयक स्वीकार गर्न नसक्ने बताए । संविधानको भावनाविपरीत गतिविधि भए सडक र सदन मात्र नभई संवैधानिक अदालत जानसमेत पछि नपर्ने उनले चेतावनी दिए ।  

प्रदेश सरकार विगतको विकास क्षेत्र नरहेको जिकिर गर्दै उनले प्रदेश सरकारले चाँडै आफनो शासन प्रशासन स्थापना गर्ने दाबी गरे ।

सो कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधि, राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुर, नेकपाका नेता रामचन्द्रमण्डल, पूर्व सभासद डा. विजयकुमार सिंह, नागरिक समाजका असगर अलीलगायत वक्ताले मन्तव्य राखेका थिए । 





  • प्रकाशित मिति : फागुन १९, २०७५ आइतबार १८:५६:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया