[ट्राफिक जामको अवज्ञा] आक्राेश पाेख्दै सामाजिक सञ्जालमा लेख्छन् ‘तेस्रो जनआन्दोलनको सुरुवात’

काठमाडौं– मंगलबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका लागि गरिएको ट्राफिक जाम अवज्ञा गरेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।  सामाजिक सञ्जाल प्रयाेगकर्ताले याे भिडियाे सेयर गर्दै भिआइपी सवारीप्रतिकाे असन्तुष्टि पाेखेका छन् । 

राष्ट्रपति सैनिक मुख्यालय जाँदै थिइन् । राष्ट्रपति लैनचाेर कटेर गइसके पछि पनि प्रहरीले उक्त क्षेत्रमा करिब ४० मिनेटसम्म यात्रुहरुलाई रोकेर राखेको थियो।  राष्ट्रपति कार्यालयदेखि सैनिक मुख्यालयसम्म रोकिएका सवारी साधनले ट्राफिक प्रहरीको आदेशलाई वेवास्ता गर्दै जामकाे अवज्ञा गरेका थिए । 

फरकधारकर्मी कमल विष्ट वेलुका कार्यालयबाट घर फर्किँदै गर्दा उनले सडकमा देखेको यो दृश्य मोबाइलमा कैद गरेर सामाजिक सञ्जालमा पोस्ट गरे । सामाजिक सञ्जालमा पोस्ट भएको केही समयपछि नै यो भिडियो भाइरल हुन पुग्यो । 

ट्राफिकले लामो समयदेखि रोकेर राखेपछि आक्रोशित भएका जनताहरुले ट्राफिक प्रहरीको आदेश अवज्ञा गर्दै आफ्ना सवारी अगाडि बढाएको भिडियोमा देखिन्छ । 

अहिले यो भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । सामाजिक सञ्जालमा आक्रोश व्यक्त गर्दै धेरैले यो भिडियो सेयर गरेका छन् । 

चित्र शब्दको ह्यान्डलबाट ट्विटर चलाउने एक व्यक्तिले सेयर गरेको भिडियोमा रिप्लाई गर्दै नारायणी भण्डारी लेख्छिन् ‘जनताको राष्ट्रपति भएको भए आज महिला राष्ट्रपति भएको देशमा महिलाहरु आवाजविहिन र यतिसम्म निरिह भएर बस्नुपथ्र्यो र पार्टीको राष्ट्रपति भएपछि यस्तै हो नर्कमा पनि बास नपाउने कर्म गरेर धर्म ? चालकहरुले ४० मिनेटसम्म कुरेर अन्तत ट्राफिक नियमको उल्लंघन गर्दै सवारी चलाए उनीहरुलाई नमन छ ।’




 



सञ्चारकर्मी रवि लामिछानेले चित्रशब्दले ट्विट गरेको भिडियोलाई रिट्विट गर्दै लेखेका छन् ‘वाह,,गर्वका साथ रि ट्विट । जनताको बाटो छेकेर धर्म गर्न मन्दिर जानेले एक पैसाको पनि धर्म कमाउँदैन । यो कुरामा म आफ्नो हैसियत भुलेर स्वयं भगवानसँग बहस गर्न तयार छु ।’

 

लामिछानेको ट्विटमा रिप्लाई गर्दै अशोक राजवंशी लेख्छन् ‘अति नै राम्रो गरेछ । बल्ल नेपाली जनताको बुद्धि पलाउँदैछ । हो यसरी अगाडि बढौं त अब, हाम्रो देश नेपाल सिंगापुर, स्विटजरल्यान्ड जस्तै विकसित हुन समय लाग्दैन् । भाइरसहरुलाई तह लगाउने तरिका यस्तै नै हो । जनताहरुलाई रुवाएर, मारेर लाज लाग्नुपर्ने हो त्यो पनि कुर्सीमा बस्नलाई । लाज पचेको ।’

 

पत्रकार सुधिर शर्माले पनि चित्रशब्दको ट्विटलाई रिट्विट गर्दै लेखेका छन् ‘शित्तल निवास र सिंहदरबारका व्यवस्थापकहरुले अब पनि पाठ नसिक्ने ?’

नेपाली केटो एटेन्सन सिकरको ह्यान्डलबाट ट्विटर चलाउने एक व्यक्ति सुधिरको ट्विटमा रिप्लाइ गर्छन ‘तेस्रो जनआन्दोलनको सुरुवात ।’

 


  • प्रकाशित मिति : फागुन २२, २०७५ बुधबार १५:७:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया