अमेरिकी संरक्षणमा रहेका ‘कुर्द’माथि इरान–टर्की संयुक्त कारबाही !

अंकारा– टर्कीका आन्तरिक मामला मन्त्री सुलेमान सोइलुले इराक र सिरियामा रहेका कुर्दिस विद्रोहीमाथि इरानसँग मिलेर संयुक्त कारबाही थाल्ने बताएका छन् । सिरियामा कुर्दिस समूहलाई अमेरिकाले संरक्षण दिँदै आएको छ । 

टर्कीले कुर्दिस वर्कर्स पार्टी (पिकेके) सँग दशकौँदेखि द्वन्द्व गरिरहेको छ भने इरानी फौजले पिकेकेकै भगिनी संगठन पिजेएकेसँग युद्ध गरिसकेको छ । दुवै संगठनका बेस क्याम्प इरानको छिमेकी मुलुक इराकमा छन् । 

टर्की र यसका पश्चिमी सहयोगी राष्ट्रमध्ये अधिकांशले पिकेकेलाई आतंकवादीको सूचीमा राखेका छन् । 

सुलेमानले कारबाहीको मोडल, स्थान र समयबारे केही खुलाएका छैनन् । 

टर्किस राष्ट्रपति रिसेप तैयप अर्डोगानले यसअघि नै इराकका पिकेके लडाकु समूहहरुमाथि संयुक्त कारबाही गर्ने घोषणा गरिसकेका छन् । 

सिरियाली द्वन्द्वमा दुई परस्पर विरोधी शक्तिलाई समर्थन दिइरहेका, आफूलाई मध्यपूर्वको नेतृत्वदायी शक्ति ठान्ने यी दुई देश पछिल्लो समय संकटको राजनीतिक समाधानका लागि रुससँग मिलेर काम गरिरहेका छन् । 



यसअघि, टर्कीले मोडरेट सिरियन विद्रोहीलाई सहयोग गर्दै आएको थियो । रुस र इरान भने राष्ट्रपति बसर अल असदका मुख्य सहयोगी राष्ट्र हुन् । 
 



  • प्रकाशित मिति : फागुन २२, २०७५ बुधबार २०:०:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया