२ लाखभन्दा बढी पर्ने ह्यान्डब्याग बोक्छिन् अनुष्का


मुम्बई– बलिउड सेलेब्रिटी, खासगरी नाइकाहरु महँगा ब्रान्डेड सामान बोक्न रुचाउँछन् । करिना कपुरदेखि लिएर सोनम कपुर र आलिया भट्टसम्म अक्सर लाखौँ मूल्यका ह्यान्डब्याग बोकेका देखिन्छन् ।

करिनाको हर्मिस ब्यागको मूल्य १० लाख भारु पर्छ । अब, यो लिस्टमा नयाँ नाम थपिएको छ, अनुष्का शर्माको । 

पछिल्ला दुईपटक एयरपोर्टमा अनुष्का अलग अलग पहिरनमा अलग मानिससँग देखिइन्, तर दुवैपटक उनले ह्यान्डब्याग भने एउटै बोकेकी थिइन् । लाग्छ, यो कालो फेन्डी ह्यान्डब्याग उनको निकै प्रिय सामानमध्ये एक हो ।

अचम्म त सिम्पल देखिने यो ह्यान्डब्यागको मूल्य सुन्दा लाग्छ । यसको मूल्य १ लाख ४४ हजार भारु (२ लाख ३ हजार नेपाली रुपैयाँ) पर्छ । 
 





  • प्रकाशित मिति : फागुन २५, २०७५ शनिबार २१:२३:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया