अख्तियारमै कार्यरत प्रहरीले घुस खाएपछि..

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा तामेलीमा राखिदिने भन्दै घुस लिने आफ्नै मातहतको असइविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।सुर्खेतस्थित आयोगकै कार्यालयमा कार्यरत असई जन्म अधिकारीविरुद्ध आज अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

असई अधिकारी बाटो ग्राबेल गर्दा अनियमितता गरेको सम्बन्धमा अख्तियारमा परेको उजुरी कारबाही सहजीकरण गरिदिने भन्दै लिएको एक लाख घुससहित पक्राउ परेका थिए ।

चन्दननाथ उच्च माध्यमिक विद्यालयका शिक्षकविरुद्ध आयोगमा परेको शैक्षिक प्रमाणपत्रसम्बन्धी उजुरीमा अनुसन्धान भइरहेका बेला पनि उनले १४ हजार ८ सय रुपैयाँ घुस लिएको अख्तियारको दाबी छ ।

आफूलाई अख्तियारको सिनियर इन्स्पेक्टर भन्दै असई अधिकारीले फेसबुक प्रोफाइलमा झुटो विवरण राखेकोमा पनि अख्तियारले छुट्टै कारबाही माग गरेको छ । उनले नपाएको ओहोदा पाएँ भनी अरुलाई विश्वासमा पारेर ‘बदनियतपूर्वक गैरकानुनी तबरबाट फाइदा लिने मनसाय राखेको’ अख्तियारको आरोपपत्रमा उल्लेख छ । 





  • प्रकाशित मिति : चैत ३, २०७५ आइतबार २०:५६:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया