न्युजिल्यान्डकी प्रधानमन्त्रीको यो अँगालो, जुन संसारभर भइरहेछ भाइरल

एजेन्सी— न्युजिल्यान्डको क्राइस्टचर्चका दुई मस्जिदमा भएको आतंकवादी आक्रमणपछि विश्वभर आक्रमणको विरोध भयो, निन्दा भयो । 

यही समयमा त्यही ठाउँबाट एउटा यस्तो तस्वीर आएको छ जुन सधैं भाइरल भइरहेको छ । र, यो फोटो हो– जेसिन्दा अर्डनको । जेसिन्दा अर्थात् न्युजिल्यान्डकी प्रधानमन्त्री । 

न्युजिल्यान्डमा रहेका मुस्लिमहरुविरुद्ध बढ्दो नकारात्मक छविबीच जेसिन्दाले उनीहरुसँगै अँगालो मारिन् । र, विश्वमा दिएकी छिन् मानवतासहित राजनीतिको संकेत । 

जेसिन्दा मुस्लिम परिवारहरु भएको ठाउँमा पुग्दा हिजाब लगाएर गएकी थिइन् । र, उनले घटनामा मारिएका व्यक्तिहरुप्रति श्रद्धान्जली पनि दिइन् । 

जसै उनको यो तस्वीर सामाजिक सन्जालमा आयो, उनलाई प्रशंसा गर्नेहरुको बाढी लाग्यो । ट्विटरमा मानिसहरु लेखिरहेका छन्– आतंकवाद हावी भइरहेको समयमा सकारात्मक राजनीतिको अनुहार । कतिले त उनीबाट करुणा र प्रेमको पाठ सिक्न आफ्ना नेताहरुलाई सुझाव पनि दिएका छन् । 

पीडित परिवारलाई भेटिसकेपछि जेसिन्दाले भनेकी थिइन्, ‘हामी विविधता, करुणा तथा दयाको प्रतिनिधित्व गर्छौँ, यो देश उनीहरुको घर हो जो हामीलाई मूल्यवान ठान्छन् ।’



यही अभिव्यक्तिका कारण पनि जेसिन्दा अहिले चर्चामा आएकी छिन्, अन्तर्राष्ट्रिय राजनीतिमा । यसअघि प्रधानमन्त्री हुँदा उनले छोरीलाई जन्म दिँदा पनि यसैगरि चर्चामा आएकी थिइन् । 

जेसिन्दाले अक्टोबर २०१७ मा न्युजिल्यान्डको प्रधानमन्त्री पदको जिम्मेवारी सम्हालेकी थिइन् । यो वर्ष सेप्टेम्बरमा भएको निर्वाचनमा उनको लेबर पार्टी दोस्रो स्थानमा रहेको थियो । निर्वाचनमा कसैले पनि बहुमत नल्याएपछि उनले संयुक्त सरकार बनाएकी थिइन् ।



पाकिस्तानी प्रधानमन्त्री बेनजिर भुट्टोपछि जेसिन्दा यस्ती महिला हुन् जसले प्रधानमन्त्री हुँदा नै बच्चालाई जन्म दिइन् । 

  • प्रकाशित मिति : चैत ४, २०७५ साेमबार १२:९:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया