बिल गेट्स फेरि बने सय अर्ब डलरका मालिक

एजेन्सी— माइक्रोसफ्टका कोफाउन्डर बिल गेट्सको वास्तविक सम्पत्ति फेरि २० वर्षपछि एक सय अर्ब डलर पुगेको छ । ६३ वर्षका गेट्सको सम्पत्ति सन् १९९९ मा पनि यति नै पुगेको थियो । २० वर्षपछि यति सम्पत्ति बनाएर गेट्स संसारका दुई धनी व्यक्तिमा दरिएका छन् । अमेजनका संस्थापक जेफ बेजोस पनि सय अर्ब डलरसहित विश्वका सबैभन्दा धनी व्यक्तिको सूचीमा छन् ।

ब्लूमबर्ग बिलेनियर इन्डेक्सका अनुसार अमेजनका संस्थापक तथा सिइओ जेफ बेजोस को वास्तविक सम्पत्ति अहिले १ सय ४६ अर्ब डलर छ । उनी विश्वका सबैभन्दा धनी व्यक्ति हुन् । गेट्स अब दुई नम्बरमा छन् ।

पहिलो पटक सन् १९९९ मा पनि गेट्सको सम्पत्ति सय अर्ब डलर पुगेको थियो । त्यति बेला जेफ बेजोसको कूल सम्पत्ति ८.९ अर्ब डलर मात्र थियो । गेट्सले अहिलेसम्म आफ्नो एनजिओ बिल एन्ड मिलिन्डा गेट्समार्फत् ३५ अर्ब डलरभन्दा धेरै दानमा दिएका छन् । 

अर्कोतिर, गेट्स आफ्नो आधा सम्पत्ति दान गर्न चाहन्छन् । अनि जेफले पनि पत्नीसँग सम्बन्धविच्छेद गर्ने निर्णय गरिसकेका छन् । त्यसैले उनको सम्पत्ति पनि आधा हुनसक्छ । 

ब्लूमबर्गका अनुसार भारतीय धनाढ्य अहिले एशियाका सबैभन्दा धनी व्यक्ति हुन् । रिलायन्स इन्डस्ट्रिजका चेयरमेन मुकेश अम्बानीले गत वर्ष नै चिनियाँ व्यापारी ज्याक मालाई पछाडि छोडेर एशियाका सबैभन्दा धनी व्यक्ति बनेका थिए ।





  • प्रकाशित मिति : चैत ६, २०७५ बुधबार १२:५४:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया