एजेन्सी— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्विट गर्दै ऐतिहासिक निर्णय सुनाएका छन् । उनले ट्विटबाट गोलन हाइट्सलाई इजरायलको क्षेत्र भएको आधिकारिक मान्यता दिएका हुन् ।
सन् १९६७ मा सिरियासँग भएको युद्धपछि इजरायलले गोलन पहाडलाई आफ्नो कब्जामा लिएको थियो । त्यसयता सिरिया र इजरायलबीच यो क्षेत्रबारे विवाद कायम छ ।
इजरायलले सन् १९८१ म यो क्षेत्रलाई आफ्नो दाबी गर्दै गोल हाइट्समा आफ्नो प्रशासन तथा कानुन लागू गरेको थियो । तर, विश्वभरका देशले यसलाई मान्यता दिएका थिएनन् । सिरियाले लगातार यस क्षेत्रलाई फिर्ता पाउन प्रयास गरिरहेको छ ।
After 52 years it is time for the United States to fully recognize Israel’s Sovereignty over the Golan Heights, which is of critical strategic and security importance to the State of Israel and Regional Stability!
— Donald J. Trump (@realDonaldTrump) March 21, 2019
इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहूले गोलन हाइट्सलाई इजरायलको मान्यता दिएकोमा राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिएका छन् । उनले पनि ट्विट गरेका छन्, ‘एउटा यस्तो समयमा जब इरान, इजरायललाई बर्बाद बनाउन सिरियालाई प्रयोग गरिरहेको छ, राष्ट्रपति ट्रम्पले इजरायली सम्प्रभुता स्वीकार गरेका छन् । राष्ट्रपति ट्रम्पलाई धन्यवाद ।’
अमेरिकाको यो धारणाप्रति अहिलेसम्म सिरियाको सरकारले कुनै प्रतिक्रिया दिएको छैन ।
At a time when Iran seeks to use Syria as a platform to destroy Israel, President Trump boldly recognizes Israeli sovereignty over the Golan Heights. Thank you President Trump! @realDonaldTrump
— Benjamin Netanyahu (@netanyahu) March 21, 2019
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।