अख्तियारद्वारा भन्सार अधिकृत विकविरुद्ध २ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भैरहवा भन्सार कार्यालयका तत्कालीन भन्सार अधिकृत मानप्रसाद विकविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । विकले झन्डै २ करोड भ्रष्टाचार गरेको दाबीसहित अख्तियारले मुद्दा दायर गरेको हो ।

हाल करदाता सेवा कार्यालय पाँचथरमा कर अधिकृत विक २०६८ असोज ११ मा अधिकृतमा नियुक्त भएका थिए । त्यसअघि उनी रोल्पामा राहत शिक्षकका रूपमा कार्यरत थिए ।  

गत मंसिरसम्ममा उनको सम्पत्ति तीन करोड १० लाख ३० हजार ७२४ पाइएको छ । त्यसमध्ये १ करोड २७ लाख ६६ हजार ९ सय ४५ रुपैयाँको स्रोत खुलेको छ भने १ करोड ८२ लाख ६७ हजार ७ सय ७९ रुपैयाँको स्रोत नखुलेको अख्तियारले जनाएको छ । 

अख्तियारले विक र उनकी श्रीमती आइतमालीलाई प्रतिवादी बनाई स्रोत नखुलेको रकम जफत गर्न र भ्रष्टाचार निवाररण ऐनअनुसार कारबाही गर्न माग गर्दै अदालतमा मुद्दा दायर गरेको छ । 





  • प्रकाशित मिति : चैत ८, २०७५ शुक्रबार १६:२२:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया