काठमाडाैं– नेपाल र जापानबीच कामदार आपूर्तिबारे ‘सहकार्यको समझदारी (एमओसी)’ मा आज हस्ताक्षर हुँदै छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको उपस्थितिमा हिमालयन होटलमा उक्त समझदारीमा हस्ताक्षर गरिनेछ । यसका लागि जापानी टोली यस अघि नै काठमाडौं आईसकेको छ ।
श्रम मन्त्रालयका अनुसार सम्झौता भएपछि आउँदो अप्रिल महिनादेखि कामदार छनोट गर्ने प्रक्रिया सुरु हुनेछ । भाषा परीक्षा, सीप परीक्षण आदि प्रक्रियाबाट कामदारकाे छनाेट गरिनेछ ।
कृषि, होटल, उद्योग, सुरक्षा, नर्सिङ आदि १४ वटा क्षेत्रमा काम गर्न पाँच वर्षमा झन्डै साढे तीन लाख विदेशी कामदार लैजाने जापानकाे तयारी छ साथै जापानले नेपालसँगै चीन, इन्डोनेसिया, मंगोलिया, म्यानमार, थाइल्यान्ड, फिलिपिन्स र भियतनामबाट कामदार लैजाने नीति बनाएको छ । याे नीति कार्यान्वयनका लागि जापानले आर्थिक वर्षमा २२.४ अर्ब यूआन खर्च जनाएकाे छ ।
लामो समयदेखि खाडी मुलुककाे विकल्प खोजिरहेको नेपालका लागि जापान कामदार पठाउने एउटा सुरक्षित श्रम बजार हुने विश्वास गरिएकाे छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।