१४ क्षेत्रमा नेपाली कामदार लैजान जापानसँग भयाे सम्झाैता

काठमाडौं– नेपाल र जापानबीच कामदार आपूर्तिबारे ‘सहकार्यको समझदारी (एमओसी) मा आज हस्ताक्षर भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको उपस्थितिमा काठमाडौंको हिमालयन होटलमा उक्त समझदारीपत्रमा हस्ताक्षर भएको हो । 

एमओसीमा हस्ताक्षर गर्ने नेपाल दोस्रो देश हो । 

सम्झौतापछि जापानका लागि अप्रिलदेखि कामदार छनोट गर्ने प्रक्रिया सुरु हुने मन्त्रालयले जनाएको छ । भाषा परीक्षा, सीप परीक्षण आदि प्रक्रियाबाट कामदारको छनोट गरिने छ । 

तर कति कामदार लैजाने भन्ने बारे अहिले नै निर्णय भइसकेको छैन् । 

कृषि, होटल, उद्योग, सुरक्षा, नर्सिङ आदि १४ वटा क्षेत्रमा काम गर्न नेपाली कामदार लैजानेछ । नेपालसँगै जापानले चीन, इन्डोनेसिया, मंगोलिया, म्यानमान, थाइल्यान्ड, फिलिपिन्स र भियतनामबाट कामदार लैजाने नीति बनाएको छ । 





  • प्रकाशित मिति : चैत ११, २०७५ साेमबार १३:४४:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया