एजेन्सी– सन् २०१४ मा भारतमा नरेन्द्र मोदीले सरकार सम्हाले । सरकार सम्हालेयताका पाँच वर्षमा मोदीले निर्वाचन प्रचारका क्रममा जनतालाई दिएका आश्वासनमध्ये ३३ प्रतिशत आश्वासन मात्रै पूरा भएको देखिन्छ ।
नेसनल डेमोक्रेटिक एलायन्सबाट चुनाव लड्दा मोदीले जनतालाई तीन सय ४६ वटा आश्वासन दिएका थिए । घोषणा पत्रमा उल्लेख भएकामध्ये उनले १ सय १७ वटा आश्वासन मात्रै पूरा गरेका छन् ।
मोदी सरकारले पाँच वर्षमा पूरा गर्ने भनेर प्रतिबद्धता जनाएका १ सय १९ अर्थात् ५६ प्रतिशत काम अझै पनि अधुरै छन् । तर, ११ प्रतिशत अर्थात् घोषणापत्रमा बाचा गरिएका ३९ आश्वासनमा भने उनीहरूले केही काम नै नगरेको बिबिसीले बताएको छ ।
खासगरी, नीतिगत सुधारमा मोदी सरकारले राम्रो गरेको भए पनि भारतीय सुप्रिम कोर्टसँग सम्बन्धित विवादमा भने मोदी सरकारले काम नै गर्न सकेको छैन ।
बिबिसीले मोदी सरकारले सामाजिक विकास र अर्थव्यवस्थामा गरेको आश्वासन पूरा गरेको जनाएको छ । तर, कृषि, विज्ञान प्रविधि र रक्षामा दिएको आश्वासन भने उसले अहिलेसम्म अधुरै छन् ।
महिला, पर्यटन, ऊर्जा, स्वास्थ्य शिक्षा, व्यापार, उद्योग आदि क्षेत्रमा पनि मोदी सरकारले केही काम गर्न सकेन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।