गुगल पूर्णरुपमा अमेरिकी सेनाप्रति समर्पित छ: ट्रम्प
फरकधार / १५ चैत, २०७५

वासिङ्गटन– अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इन्टरनेट सर्च इन्जिन गुगल अमेरिकी सेनाप्रति पूर्णरुपमा समर्पित रहेको बताएका छन् । डोनाल्ड ट्रम्पले पहिला गुगललाई चीन र चीनका सेनालाई सहयोग गरेको आरोप लगाएका थिए । 



तर बुधबार गुगलका मुख्य कार्यकारी अधिकारी सुन्दर पिचाइसँगको कुराकानीपछि उनले आफ्नो बोली फेरेका छन् । डोनाल्ड ट्रम्पले भने ‘पिचाइसँगको बैठक समग्रमा राम्रो रह्यो, उनले दृढतापूर्वक भने गुगल चीनको सेनाप्रति नभइ अमेरिकाप्रति समर्पित छ ।’

अमेरिकी सञ्चारमाध्यमका अनुसार ट्रम्पले पिचाइसँग राजनीतिक निष्पक्षता र विभिन्न विषयमा छलफल गरेको बताएका छन् । तर पिचाइले ट्रम्पसँगको भेटबारे कुनै प्रतिक्रिया जनाएका छैनन् । 

तर गुगलका एक प्रवक्ताले कम्पनी राष्ट्रपतिसँग भएको भेटपछि खुशी रहेको बताएका छन् । 



  • प्रकाशित मिति : चैत १५, २०७५ शुक्रबार ८:४९:४९,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया