दुई महिना सुतेबापत २० लाख पारिश्रमिक !

वासिंगटन– अहिलेको भागदैडपूर्ण जिन्दगीमा आरामले सुत्न नपाएर हैरान छौँ हामी । यस्तोमा कसैले सुत्नकै लागि पैसा दिएर बोलाउँछ भने त अरु के चाहियो र ?

हो, यस्तो हुनेवाला छ । अमेरिकी अन्तरिक्ष संस्था नासाले दुई महिनासम्म सुत्नका लागि मानिसहरुलाई पारिश्रमिक दिएर राख्दै छ । उनीहरुले शून्य ग्राभिटीमा ६० दिनसम्म लगातार सुत्नुपर्नेछ । 

वास्तवमा अन्तरिक्षमा रहनु र आरामसँग सुत्नु सजिलो काम होइन । त्यहाँ हुने गुरुत्वाकर्षणको कमीले हाम्रो शारीरिक क्रियाकलापलाई नराम्रोसँग प्रभावित गर्छ । 

आखिर अन्तरिक्ष यात्रामा गएका मानिस नसुतीकनै घन्टौँसम्म कसरी काम गर्न सक्छन् ? यसै सन्दर्भमा नासाले युरोपियन स्पेस एजेन्सीसँग मिलेर एउटा यस्तो वातावरणको परीक्षण गर्न लागेको छ, जसबाट पत्ता लागोस् कि अन्तरिक्षमा यात्रीलाई कसरी सुताउन सकिन्छ । 

यसका लागि नासाले २४ देखि २५ वर्षका १२ पुरुष र १२ महिलालाई आमन्त्रण गरेको छ । यी सबै दुई महिनासम्म विशेष रुपमा डिजाइन गरिएको बेडमा सुत्नेछन् ।

यस प्रयोगका लागि उनीहरुलाई साढे १८ हजार डलर अर्थात् २० लाख ३५ हजार रुपैयाँ दिइनेछ । विभिन्न शारीरिक परीक्षणबाट छानिएका १२ जोडीलाई एन्टी–ग्राभिटी चेम्बरमा राखिनेछ, जहाँ गुरुत्वाकर्षणको कुनै प्रभाव रहँदैन । उनीहरुलाई यस्तो कुनै गतिविधिमा सहभागी हुन दिइने छैन, जसबाट थकान महसुस होस् । 



तर, निद्रा पनि त्यति सजिलै त आउँदैन । प्रयोगमा संलग्न युवालाई जुन बेडमा सुताइन्छ, त्यो आम ओछ्यानजस्तो हुनेछैन । यी बेडले ब्लड प्रेसर कम गरिदिन्छन्, जसका कारण शरीरमा रगतको मात्रा पनि कम हुन्छ । यसले उनीहरुको स्वास्थ्यमा पनि असर पर्नेछ । 

उनीहरुलाई केवल सुत्नेभन्दा अरु केही गर्न दिइने छैन । उनीहरुको काम ६० दिनसम्म बिस्तरामा लडिरहनु मात्र हुनेछ । यहाँसम्म कि उनीहरुलाई शौचालय जाने झन्झट पनि हुनेछैन । साथमा एक न्युट्रिसनिस्ट हुनेछन्, जसले उनीहरुको स्वास्थ्यअनुकूल डाइट प्लान गरिदिनेछन् । 



  • प्रकाशित मिति : चैत १७, २०७५ आइतबार १६:१८:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया