‘चर्काे घामले कन्भेक्सनल हिटिङ भयो र हावाहुरी चल्यो’

जब चर्काे घाम लाग्छ, त्यसले जमिन तताउँछ । जमिन तातेपछि कन्भेक्सनल प्रोसेसले गर्दा जमिननजिकको हावामाथि जान्छ र एक किसिमको कालो बादल बन्छ ।

त्यो बादललाई क्युमुलोनिमस भनिन्छ । यस प्रकारको बादल बन्नासाथ त्यसले विभिन्न रुपहरु देखाउँछ  । तातो हावामाथि गएपछि त्यो ठाउँ भरिन जोडले हावा चल्छ । यो एउटा प्रकृया हो । यसलाई थन्डस्टर्म भनिन्छ ।

बारामा भएको हिजोको घटना पनि त्यही नै हो । पछिल्लो समय गर्मि बढेसँगै त्यहाँको जमिन तात्यो । विशेषगरि त्यहि वरपर नै केहि दिनदेखि निकै गर्मि भएको थियो । 

जमिन तातेपछि त्यहाँको हावा कन्भेक्सनल प्रोसेसले माथि गयो र क्युमोलोनिम्बस बादल पनि बन्यो । असिना पर्ने, स्नोफल हुने, चट्याङ पर्ने आदि त्यहि बादलको कृयाकलाप हो । त्यो बादलको रुप हो । जब जमिनको हावा तातेर माथि गयो त्यो भाग अचानक खाली हुन पुग्यो । त्यसले गर्दा वरिवरिको हावा जोडले खाली भागतिर आउँदा हावाहुरीको रुप लिन्छ । 

यो विल्कुलै स्थानिय प्रकृया हो, यसको क्षेत्रफल १२ किलोमिटरसम्म हुन्छ । त्यसैले पनि हिजो सानो भागमा मात्रै ठूलो हावा चल्यो । अरु ठाउँमा त्यति ठूलो हावा भने चलेको थिएन । 

हिजो ठूलो क्षति हुनुको अर्काे कारण भनेको त्यहाँको भौतिक संरचना पनि हो । त्यहाँ घरको छत उडाएको छ, विजुलीको पोल भाँचिएको छ, रुखहरु भाँचिएका छन्, त्यो संरचना कमजोर भएर हो । यदि त्यहाँको भौतिक अवस्था राम्रो भएको भए हावा चल्थ्यो जान्थ्यो ठुलो क्षति हुँदैनथ्यो । 



अमेरिकामा हुने टर्नेडो पनि यस्तै हो । त्यो एक ठाउँमा मात्रै जान्छ । त्यसको असर पनि १२ किलोमिटर भित्र मात्रै देखिने हो । नेपालमा पनि त्यस्तै भयो । अमेरिकामा समुन्द्रको किनारमा जाने भएर समुन्द्रमा छाल जान्छ । यसले गर्दा अरु बढी क्षति हुन्छ ।

अहिले प्रि–मनसुनको बेला भएर पनि त्यस्तो भएको हो । सामान्यतया १० जुनबाट मनसुन सुरु हुने भनेपनि ठ्याक्कै त्यही समय भने हुँदैन । जुन नलागिसककोले यसलाई प्रि–मनसुनको कारण पनि भन्न सकिन्छ । 



प्रि–मनसुन अगाडि गर्मि हुन्छ, अहिले पनि थियो त्यो स्वभाविक हो । यो कहिल्यै नहुने भन्ने पनि होइन । प्रायः यो समयमा हावा चल्ने भइरहेको हुन्छ । जब जमिन तात्छ त्यसपछि यस्तो हावा चल्छ । अघिल्ला वर्षहरुमा पनि हावा नचलेको होइन । फरक अहिले केही ठूलो हावाहुरी चलेको हो । 

शाक्य काठमाडौं विश्वविद्यालयका प्राध्यापक समेत हुन् । 


  • प्रकाशित मिति : चैत १८, २०७५ साेमबार १४:४२:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया